रातको समयमा सवारी नचलाउन रामेछाप प्रशासनको आग्रह

  • प्रकाशित मिति: बुधबार, कार्तिक ३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा रातको समयमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । बुधबार जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले एक सूचना मार्फत अत्यावश्यक कामका लागि सवारी चलाउन परेमा पनि स्थानीय सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ । सूचनामा अहिले जिल्लामा अहिलेसम्म बेमौसमी वर्षादका कारण अप्रीय घटना नभएको जनाउँदै मौसम सुधार नभएसम्म सर्तकता भने अपनाउनु पर्ने भएकाले ग्रामीण कच्ची सडकमा मौसम सुधार नभएसम्म रातको समयमा सवारी सञ्चालन नगर्न आग्रह गरीएको छ । सूचनामा आपतकालिन अवस्थामा प्रहरी सवारी १००, आपतकालीन कार्य सञ्चालन केन्द्र ०४८५४००८८, ९८५४०४३१९९, नजिकैको प्रहरी, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।