युरोपमा १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज दिईने

  • प्रकाशित मिति: मंगलबार, असोज १९ २०७८
  • तामाकोशी

युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएको छ । युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो । कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ ।
बुस्टर डोज दिने विषयमा सम्बन्धित देशको स्वास्थ्य निकायले निर्णय गर्नेछ । बुस्टर डोज लगाए पछि शरीरमा एन्टिबडीको क्षमता बढ्ने विज्ञले बताउँदै आएका छन् ।