दोलखा । दोलखामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको ९ वटै स्थानीय तहमा ३४ जनाको एन्टिजिन परिक्षण गरिएकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज भीमेश्वर नगरपालिकामा दुई जना, जिरी नगरपालिकामा पाँच जना , कालिञ्चोक गाउँपालिकामा ६ जना र तामाकोशी गाउँपालिकामा पाँच जनामा कोरोना संक्रमण भएको हो । आज १४ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय २७ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस्तै आज तामाकोशी गाउँपालिकाबाट तीन जना कोरोना संक्रमणमुक्त भएका छन् ।
दोलखामा आज १४ जना कोरोना संक्रमित थपिए
- प्रकाशित मिति: आइतबार, असोज १७ २०७८
- तामाकोशी