रामेछापमा आज ५८ जना कोरोना सङ्क्रमणमुक्त, १० जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: आइतबार, साउन २४ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा आइतबार ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ६४० जना पुगेको छ । आइतबार मन्थली नगरपालिकाबाट २३ जना, रामेछाप नगरपालिकाबाट १७ जना, उमाकुण्ड गाउँपालिकाबाट तीन जना, खाँडादेवी गाउँपालिकाबाट तीन जना, गोकुलगंगा गाउँपालिकाबाट ६ जना, लिखुतामाकोसी गाउँपालिकाबाट दुई जना र तामाकोसी अस्पताल मन्थलीबाट चार जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा आइतबार १० जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार जिल्ला अस्पतालमा ७ जना र लिखुतामाकोशी गाउँपालिकामा तीन जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ९०१ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २३९ जना कोरोनाका संक्रिय संक्रमित छन् ।