रामेछापमा आज ४६ जना कोरोना सङ्क्रमित थपिए, ३४ जना सङ्क्रमणमुक्त

  • प्रकाशित मिति: सोमबार, साउन ११ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा सोमबार ४६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ५५९ जना पुगेको छ । सोमबार जिल्ला अस्पालतमा आठ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा चार जना, गोकुलगंगा गाउँपालिकामा १० जना, खाँडादेवी गाउँपालिकामा १० जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको पीसीआर परीक्षणबाट १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा सोमबार ३४ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ३८५ जना पुगेको छ । सोमबार जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट २५ जना, रामेछाप नगरपालिकाबाट पाँच जना र लिखुतामाकोशी गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २१ जनाको ज्यान गएको छ भने ३२ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १५३ जना कोरोनाका संक्रिय संक्रमित छन् ।