एजेन्सी । इराकको बगदादमा भएको बम वि’स्फोटमा कम्तीमा २५ जनाको मृ’त्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो वि’स्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घा’तक ठानिएको छ । वि’स्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।
इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ वि’स्फोटका घटना बढेका छन् ।