रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ८८ करोड १५ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । यसअघि गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम पारित गर्दै गाउँपालिकाले बुधवार बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्नुभएको हो । नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षी, स्थानीय स्तरमा नै काम र रोजगारीको अवसर, खाद्य सूरक्षा, सुरक्षित आवास र सामाजिक सुरक्षाको संरक्षण गर्ने,कोभिड संक्रमण लगाएत सवै प्रकारको स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुको क्षमता तथा गुणस्तरको दायरा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य पूर्वाधार निर्माण गर्ने र जनशत्तिको विकास गर्ने, पालिकालाई प्राप्त हुने सवै प्रकारको स्रोतसाधनलाई नेपाल सरकार, प्रदेश सरकारको नीति तथा स्थानीय सकारको आवश्यकता अनुरुप समाजको कमजोर बर्गको हितलाई ध्यानमा राखी समतामुलक ढंगवाट बजेट मार्फत वितरण प्रणालीको विकास गर्ने लगाएतका कुरालाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिएको छ । उत्थानशिलता, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सुचना प्रविधिको विस्तार, आधारभुत खानेपानी लगाएतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको निर्माणलाई सुनिश्चितता गर्ने, पराम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्दै कृषकको उत्पादन मुल्यलाई विचौलिया मुक्त गरि कृषकलाई अधिकतम लाभ दिने नीति लिने उद्देश्यले गाउँपालिकाले आन्तरिक स्रोत समेत जोडेर ८८ करोड १५ लाख ८४ हजारको बजेट ल्याएको गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ र अन्य माहामारीजन्य प्रकोपलाई नियन्त्रण र रोकथामको लागि क्वारेन्टाइन, आइसोलेसन र औषधीजन्य सामाग्रीहरुको ब्यवस्था मिलाई कोभिड–१९ रोकथाम नियन्त्रणमा खटिएका जनशक्तिको लागि कार्यविधि बनाई प्रोत्साहन तथा जोखिम भत्ताको ब्यवस्था गरिने छ । त्यस्तै, पिउने पानीको शुद्धता परीक्षण गरी एक घर एक धारा अभियानलाई निरन्तरता दिदै वडा न. १ लाई एक घर एक धारा मैत्री वडा घोषणा गर्ने र आवश्यक पुर्वाधारमा लगानी क्रमशः अन्य वडा लाई पनि एक घर एक धारा मैत्री वडा घोषणा गरिनेछ ।
बजेटको पूर्णपाठ हेर्नुहोस्