रामेछाप । जिल्लामा सोमबार २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ३४० जना पुगेको छ । सोमबार जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना, उमाकुण्ड गाउँपालिकामा तीन जना, खाँडादेवी गाउँपालिकामा तीन जना, लिखुतामाकोशी गाउँपालिकामा चार जना र तामाकोशी अस्पतालमा पाँच जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा सोमबार १३ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार १६७ जना पुगेको छ । सोमबार जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट पाँच जना, रामेछाप नगरपालिकाबाट तीन जना, उमाकुण्ड गाउँपालिकाबाट एक जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना र लिखुतामाकोशी गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २० जनाको ज्यान गएको छ भने २९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १५३ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज २२ जना कोरोना सङ्क्रमित थपिए, १३ जना सङ्क्रमणमुक्त
- प्रकाशित मिति: सोमबार, असार २८ २०७८
- तामाकोशी