चीनबाट आयो ८ लाख डोज खोप, अर्को साता अमेरिकाबाट १५ लाख डोज ल्याइदै

  • प्रकाशित मिति: शनिबार, असार २६ २०७८
  • तामाकोशी

काठमाडौं । नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो । चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ । जहाजमा खोप भण्डार क्षमता ८ लाख रहेकाले हाल यतिमात्र ल्याइएको मन्त्रालयले जनाएको छ ।



यता अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले आउन लागेको खोप नेपाली जनताका लागि अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।