रामेछाप । जिल्लामा शुक्रबार २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार २७९ जना पुगेको छ । शुक्रबार जिल्ला अस्पालतमा दुई जना, खाँडादेवी गाउँपालिकामा चार जना र लिखुतामाकोशी गाउँपालिकामा तीन जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै मन्थली नगरपालिकामा १२ जना, रामेछाप नगरपालिकामा पाँच जनामा पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ । यस्तै जिल्लामा शुक्रबार १४ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ११६ जना पुगेको छ । शुक्रबार रामेछाप नगरपालिकाबाट चार जना, उमाकुण्ड गाउँपालिकाबाट तीन जना, गोकुलगंगा गाउँपालिकाबाट एक जना, लिखुतामाकोशी गाउँपालिकाबाट पाँच जना र तामाकोशी गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ भने २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४४ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज २६ जना कोरोना सङ्क्रमित थपिए, १४ जना सङ्क्रमणमुक्त
- प्रकाशित मिति: शुक्रबार, असार २५ २०७८
- तामाकोशी