रामेछाप । जिल्लामा सोमबार १४ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ५० जना पुगेको छ । सोमबार मन्थली नगरपालिकाबाट एक जना, रामेछाप नगरपालिकाबाट तीन जना, उमाकुण्ड गाउँपालिकाबाट एक जना, लिखुतामाकोशी गाउँपालिकाबाट एक जना, सुनापति गाउँपालिकाबार एक जना र तामाकोशी अस्पतालबाट सात जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा सोमबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पालतमा एक जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा ६ जना, गोकुलगंगा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार २०९ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ भने २५ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४० जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज १४ जना कोरोनामुक्त, १५ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: सोमबार, असार २१ २०७८
- तामाकोशी