रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले चार वर्षको अवधिका विकासमा फड्को मारेको छ । नयाँ निर्वाचित जनप्रतिनिधि आएपछि गाउँपालिकाले कृषि, पशुपालन, पुर्वाधार र खानेपानीमा फड्को मारेको छ । चार वर्षमा गाउँपालिकाका सबै वडामा वडा कार्यलयको भवन निर्माण पश्चात आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिको भवन निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ । गाउँपालिका भित्र रहेका सबै विद्यालयको निर्माण पूरा भएको छ । गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । गाउँपालिकालिकाले कृषिका १८ वटा पकेट क्षेत्र बनाइएको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताउनुभयो । अध्यक्ष सुनुवारका अनुसार गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउँन सङ्घीय र प्रदेस सरकारको साझेदारीमा किसानको माग अनुसार किसानलाई अनुदानमा उन्नत जातका होलस्टेन र जर्सी गाई वितरण गरेको छ ।
गाउँपालिकाले आलु र किबी खेतीमा उल्लेख्य प्रगति गरेको छ, कुखुरा, बाख्रा, गाई, माछा पालन तथा फलफूल र तरकारी खेतीमा समेत उल्लेख्य प्रगति भएको छ गाउँपालिका अध्यक्ष सुनुवारले भन्नुभयो । गाउँपालिकाले एक घर एक धारा कार्यक्रम अन्र्तगत ३ हजार धारा जडान गरेको र यस बीचमा १५ वटा सिँचाईका आयोजनाको काम सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष राधिकार श्रेष्ठले भन्नुभयो । गाउँपालिकामा ४ वर्षमा चार सय किलोमिटर सडकको ट्रयाक खोलिएको छ , एक सय किलोमिटर सडक सोलिङ गरिएको र केही सडक कालोपत्रे गर्ने काम समेत भैसकेको छ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । बागमती प्रदेश सरकारको लगानीमा यो पालिकाको खिम्ति–नामाडी–बेताली– रस्नालु सडक पिच हुँदै छ । उपाध्यक्ष श्रेष्ठका अनुसार गोकुलगङ्गा गाउँपालिकाले स्थानीय स्रोतको परिचालन गरी स्थानीय स्तरमा रोजगार सिर्जनका लागि पानी, साबुन, प्रेस, छाला जुत्ता, चप्पल, फर्निचर लगायतका साना र मझौला गरी २५ वटा भन्दा बढी उद्योग सञ्चालन गरेको छ ।
कृषि र उद्योगलाई प्राथमिकतामा राखेर विकासको काम
- प्रकाशित मिति: आइतबार, असार २० २०७८
- तामाकोशी