सपनाको मृत्यु सँस्कार

  • प्रकाशित मिति: बुधबार, असार १६ २०७८
  • तामाकोशी

विनोद कुमार श्रेष्ठ
भर्खरै सपनाका सीमाहरु कोरिदै थिए पूरा होस वा नहोस मानसपटलमा मौलाइरहेको थियो हो मेरा पनि रहर अनगिन्ती थियो चाहनाका ज्वारभाटाहरु छल्कीदै थिए..
अरुले जस्तै मैले पनि त्यो सपनालाई पूरा गर्ने हरसम्भव प्रयास गरे परिश्रमको त के सीमा सायद जीवनलाईनै जोखिममा राखेर प्रयोग गर्न सकेसम्म प्रयोग गरिरहे चाहे शारारिक मानसिक या बौद्यिक भनौ ,भनौ या सबै ..
तर कालान्तरमा मेरो निरन्तरको प्रयास असफल हुँदै गयो परिश्रमको प्रतिफल उल्टो गतिमा हातलाग्न थाल्यो हरेक दिन निराशा सिवाय मेरो भागमा केही परेर दिन दुईगुणा रात चारगुणा पीडाको ज्वालाले पिरोल्दै लग्यो मलाई..
उफ् मेरो सपना जलिरहेको थियो धुवा बनेर आकाश चुमिरहेको थियो चिरिएको मन धाँजा फाटेको भौतिक शरीर लिएर मेरो सपनाको दाहसंस्कार हेरिरहेको थिएँ ..
हो आज म बहुलाभएको छु पागल भएको छु आफैसँग हारेको मान्छे म अरूको नजरमा नामी पागल भएको छु तर किन म पागल भए किन म जिन्दगीसँग हारेको कातर भए यसको उत्तर अन्तर्मनमा गाडेर बसेको छ तीखो सियो बनेर ..
अनुत्तरित प्रश्नको चौघेरामा हाड र छाला भएको मेरो भौतिक अस्तित्व अब बिलयको प्रतिक्षामा छ सदाको लागि यो रितीथिती परिस्थितिलाई चटक्कै भुलेर सायद अर्को जुनीमा मानब नहुनेगरी सम्झौता गर्न आतुर छ यो मन देवलोकको प्रतिनिधिसँग सुटुक्क ..