रामेछाप । जिल्लाभित्र निजी तथा सर्वाजनिक सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने भएको छ । जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै निजी र सार्वजनिक दुवै सवारी साधन सञ्चालन गर्न दिने गरी असार २२ गते मध्यरातिसम्म निषेधाज्ञा थप गरेको हो । मङ्गलबार मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी सिट क्षमता भन्दा बढी नहुनेगरी जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरिएको जिल्ला स्तरीय कोभिड–१९सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले बताउनुभयो । डीसीसीएमसीको बैठकले खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प,होटल ,चिया खाजा ,रेष्टुरेन्ट ,निर्माण सामग्री विक्री वितरण, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगायत पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना गरी बिहान ५ः०० वजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ प्रमुख जिल्ला अधिकारी सैजूले भन्नुभयो । त्यसैगरी स्वास्थ्य सुरक्षाको मापडण्ड अनिवार्य रुपमा पालना गरी बैंक, सहकारी तथा वित्तिय संस्थाहरु, दुध तथा डेरीजन्य उत्पादन तथा विक्रिवितरण गर्ने पसल नियमित रुपमा र सवारी मर्मत वर्कसप बिहान ५ः०० बजे साँझ ६ः०० बजेसम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले जिल्ला भित्रने तथा वाहिरीने सवै यात्रवहाक सवारी साधनहरु ,जिल्ला भित्रका खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने , भिडभाड हुने, सभा जुलुस , सवै शैक्षिक संस्थाहरु, पठनपाठन र परीक्षा, अतिआवश्यक बाहेकका प्रशिक्षण, तालिम तथा गोष्ठिहरु,मेला महोत्सव,हाटबजार, जात्रा, पर्व, खेलकुद, स्वीमीङ पुल, सपिङ महल, मनोरञ्जन स्थल, फुडसल, हेल्थक्लब, जिम खाना, पुस्तकालय, पार्टी प्यालेस, सैलुन, ब्युटीपार्लर लगाएत सञ्चालनमा भने रोक लगाईएको छ ।