डेल्टा प्लस भेरियन्टका कारण पहिलोपटक एक व्यक्तिको मृ’त्यु

  • प्रकाशित मिति: शनिबार, असार १२ २०७८
  • तामाकोशी

काठमाडौं, असार १२ गते । कोरोनाको डेल्टा प्लस भेरियन्टका कारण पहिलोपटक भारतको तमिलनाडुमा एक व्यक्तिको मृ’त्यु भएको छ। तमिलनाडुको स्वास्थ्य विभागका शनिबार दिएको जानकारी अनुसार मदुरई शहरमा बस्दै आएका एक जनाको मृ’त्यु भएको छ।

‘मदुरईमा कोरोना संक्र’मित बिरामीको मृ’त्यु भएपछि यस नमुना संकलन गरिएको थियो। परीक्षण गर्दा डेल्टा प्लस भेरियन्ट पुष्टी भयो,’ तमिलनाडु राज्यका स्वास्थ्य मन्त्री सुब्रमणियनले भने। उनका अनुसार मृ’तकको सम्पर्कमा आएका व्यक्तिहरूको पनि नमुना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ। यता, अन्य २ जनामा डेल्टा प्लस भेरियन्टको संक्रमण पुष्टि भएको छ। जसध्ये एक चेन्नईका ३२ वर्षे नर्स र कान्छीपुरमका व्यक्ति थिए।



डेल्टा प्लस भेरियन्टबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। महाराष्ट्रमा २० व्यक्तिमा यो भेरियन्ट देखिएको छ।