रामेछाप । रामेछापमा शनिबार १६ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ८५५ जना पुगेको छ । शनिबार रामेछाप नगरपालिकाबाट ८ जना, खाँडादेवी गाउँपालिकाबाट ६ जना र लिखुतामाकोशी गाउँपालिकाबाट दुई जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा शनिबार ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ७५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ भने २४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २०१ जना कोरोनाका संक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ९८ जना पुरुष र २५ जना महिला गरी एक सय २३ जनालाई कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइएको छ ।
रामेछापमा आज १६ जना कोरोनामुक्त, आठ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: शनिबार, असार १२ २०७८
- तामाकोशी