प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा बिग्रिएर थन्किएका उपकरण मर्मत

  • प्रकाशित मिति: शुक्रबार, असार ११ २०७८
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक सहयोग नभएर थन्किएका उपकरण मर्मत गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ । मन्थली नगरपालिकाको समन्वयमा नेपाल हेरिटेज च्यारिटी फाउण्डेसन र्यापिड एक्सन टाक्स फोर्सको सहयोग तथा श्रृजनशिल युवा समाजको साझेदारीमा ती सामाग्रीको मर्मत गरिएको श्रृजनशिल युवा समाज चिसापानीका अध्यक्ष भुवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वायो मेडिकल इन्जिनियरिङ फाउन्डेसन नेपाल काठमाडौंको प्राविधिक सहयोगमा ती सामाग्री मर्मत गरिएको हो । प्राविधिकको अभावमा राम्रा कामलाग्ने स्वास्थ्य उपकरणहरु त्यतिकै थन्कीएको जानकारी आएपछि प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्न नेपाल हेरिटेज च्यारिटी फाउण्डेसन र्यापिड एक्सन टाक्स फोर्सको सहयोगमा स्वास्थ्य उपकरणहरु मर्मत गरेका हौँ अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्राविधिक टोलीले प्यारेन्ट मनीटर एक थान ईसीजी मेशिन दुई थान, बेबी वार्म दुई थान, अक्सिजन कन्सर्नटेटर तीन थान, अक्सीजन फ्लो मिटर दुई थान, डी फ्रिज दुई थान, यूएसजी एक थान र प्लो हिटर दुई थान रहेका छन् ।