रामेछापमा फेला परेको दुई वटा शवको पहिचान

  • प्रकाशित मिति: सोमबार, असार ७ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका स्थित सुनकोशीमा फेला परेको दुईवटा शवको पहिचान खुलेको छ । खाँडादेवी गाउँपालिका वडा नं ४ पुछिघाट स्थित सुनकोशी नदिको किनारमा असार २ गते एक पुरुष र खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम स्थित सुनकोशी नदि किनारमा असार ३ गते एक पुरुषको शव फेला परेको थियो ।
दुवै शवको आइबार पहिचान गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । असार २ गते फेला परेको शव सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं. २ बरुवाका बर्ष ६१ का ठाकुरे स्याङ्बो र असार ३ गते फेला परेको शव सिन्धुपाल्चोक हेलम्वु गाउँपालिका वडा नं. १ हल्देवेशिका बर्ष ५० ता सुनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो ।