रामेछाप । नेकपा एमाले केन्द्रिय सदस्य कमल प्र. चौलागाईले इच्छाशक्ति र कामको इस्पिटको आधारमा ओली सरकार बाहेक अहिले कुनै विकल्प नरहेको बताउनु भएको छ । उहाँले सो कुरा नेकपा एमाले रामेछापद्धारा आयोजित जनबर्गिय संगठनहरुसंग सम्बाद जुममिटिङको क्रममा सनिवार बताउनु भएको हो ।
“बाह्य शक्तिको दवदवाले नेपालको राजनितिक क्षेतविक्षेत भएको अबस्था, ओलिको राष्ट्रिय अडान, स्पष्ट दृष्टिकोणयुक्त नेता ओलीमा मात्र देखिएको छु यसर्थ यसमा हामी गोलवद्ध भएकाछौं”, उहाँले भन्नु भयो । नेपालमा नेकपा माओवादी केन्द्रको गलत प्रवृतिका सोच, विचारले गर्दा अहिलेको समस्या सिर्जना भएको नेता चौलागाईले स्पष्ट पार्नुभयो । जुममिटिङको क्रममा नेकपा एमाले केन्द्रिय सदस्य माधव ढुंगेलले केही दिनभित्रै एमाले भित्रको आन्तरिक विवाद सुल्झिने संकेत गरेका छन् । माधब कुमार नेपाल समूहले बागमती प्रदेश अन्तर्गतको राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार राबहादुर थपालाई हराउने औपचारिक घोषणा गरेपछि मिल्ने चरणमा पुगिसकेको एमालेको एकता भाँडिएको उहाँले स्पष्ट पार्नुभयो ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी रामेछापले पार्टी सदस्यता नवीकरण तथा वितरणको अभियान सुरु गर्ने भएको छ। नेकपा एमाले बागमती प्रदेश कमिटीले जारी गरेको निर्देशन बमोजिम जिल्लामा संगठित सदस्यता नविकरण र नयाँ सदस्यता बितरण गर्न लागिएको एमाले जिल्ला कमिटी रामेछापका सचिव पुरुषोत्तम कडरियाले जानकारी गराएका छन्।