काठमाडौँ, असार २ गते । २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा गरी ३ हजार ८२ जना निस्चार्ज भएको बुधबार जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।
यस्तै २४ घण्टामा देशभर २ हजार १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरिएको ८ हजार ६८७ पीसीआर परीक्षणमा २ हजार १४ जनामा कोरोना पुष्टि भएको हो । ४ हजार ३३५ एन्टिजेन परीक्षणमा ८ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५२ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।