सिन्धुपाल्चोकको हेलम्बुमा भीषण बाढीः ७ जना बेपत्ता, एक जनाको शव फेला

  • प्रकाशित मिति: बुधबार, असार २ २०७८
  • तामाकोशी

काठमाडौं, असार २ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भीषण बाढी आएको छ । इन्द्रवती नदिमा आएको बाढीले बगाएर हेलम्बुका ७ जना बेपत्ता भएका छन् ।

अविरल बर्षासँगै मंगलबार साझँ आएको उक्त बढीले हेलम्बु गाउँपालिकाका नदी छेउमा क्षती पुर्याएको छ । बढीले बगाएर बेपत्ता भएका ७ जना मध्ये ५ जनाको नाम खुलेको प्रहरीले जनाएको छ ।



यस्तै इन्द्रवती नदीको किनारमा सोही स्थानका एक जनाको शव पनि भेटिएको छ । बाढीले बगाएर ज्यान गुमाएकाको नाम खुल्न सकेको छैन । नदी किनारमा शव भेटिएपछि प्रहरीको टोली त्यसतर्फ गएको जनाइएको छ ।