रामेछाप । रामेछापमा आइतबार एकैदिन एक सय २६ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ । आइतबार जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट ३९ जना, रामेछाप नगरपालिकाबाट ४४ जना, उमाकुण्ड गाउँपालिकाबाट ३५ जना, खाँडादेवी गाउँपालिकाबाट एक जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, लिखुतामाकोशी गाउँपालिकाबाट तीन जना, र तामाकोशी अस्पतालबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा आइतबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, गोकुलगंगा गाउँपालिकामा दुई जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयकाले जनाएको छ । यस्तै, सुनापति गाउँपालिकामा ९ जनामा पीसिआर परीक्षणबाट कोरोना देखिएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ७९८ जना पुगेको छ । यो सङ्ख्या वैशाखदेखि हालसम्मको हो । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १६ जनाको ज्यान गएको छ भने १७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २६८ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
रामेछापमा आज एक सय २६ जना कोरोनामुक्त, १५ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: आइतबार, जेष्ठ ३० २०७८
- तामाकोशी