रामेछापमा आज ८५ जना कोरोनामुक्त, ३३ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २९ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा शनिबार एकैदिन ८५ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ । शनिबार जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना, रामेछाप नगरपालिकाबाट २३ जना, खाँडादेवी गाउँपालिकाबाट १२ जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, दोरम्बा शैलुङ गाउँपालिकाबाट ४२ जना र लिखुतामाकोशी गाउँपालिकाबाट दुई जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा शनिबार ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ६ जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा ६ जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतामा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयकाले जनाएको छ । यस्तै, मन्थली नगरपालिकामा चार जना, रामेछाप नगरपालिकामा पाँच जना र उमाकुण्डा गाउँपालिकामा ७ जनामा पीसिआर परीक्षणबाट कोरोना देखिएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ७८३ जना पुगेको छ । यो सङ्ख्या वैशाखदेखि हालसम्मको हो । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १६ जनाको ज्यान गएको छ भने १७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।