रामेछापमा आज १ सय ७३ जना कोरोनामुक्त, ३२ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २६ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा बुधबार एकैदिन एक सय ७३ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार दुई सय ३७ जना पुगेको छ । बुधबार जिल्ला अस्पतालबाट दुई जना, रामेछाप नगरपालिकाबाट ११ जना, उमाकुण्ड गाउँपालिकाबाट १२ जना, खाँडादेवी गाउँपालिकाबाट तीन जना, दोरम्बा शैलुङ गाउँपालिकाबाट २० जना, सुनापति गाउँपालिकाबाट एक सय १९ जना, लिखुतामाकोशी गाउँपालिकाबाट तीन जना र तामाकोशी अस्पतालबाट तीन जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै जिल्लामा बुधबार ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा तीन जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १२ जना, गोकुलगंगा गाउँपालिकामा तीन जना, दोरम्बा गाउँपालिकामा तीन जना, लिखुतामाकोशी गाउँपालिकामा ६ जना र सुनापति गाउँपालिकामा दुई जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयकाले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या एक हजार ७०३ जना पुगेको छ । यो सङ्ख्या वैशाखदेखि हालसम्मको हो । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ भने १७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।