दोलखा । दोलखामा ६३ वर्षदेखि ६४ उमेर समुहका नागरिकका लागि कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुदै छ । जिल्लाको सवै स्थानीय तहहरुमा बुधबारदेखि ३० गतेसम्म ६३ देखि ६४ उमेर समुहको लागि कोभिड १९ विरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाइदै छ । प्रप्ता खोप डोज संख्याको आधारमा जिल्लाको विगु गाउँपालिका, मेलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकामा जेठ २७ गतेसम्म ६३ वर्षदेखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिईने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकामा जेठ २९ र ३० गते पहिलो मात्रा खोप दिईने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालको अवस्थालाई ध्यानमा राख्दै प्रत्येक पालिकाहरुमा तीन वटा खोप केन्द्र तोकिएको छ । खोप लगाउनका लागि आफ्नो नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस लिई सम्बन्धित पालिकाले तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २५ २०७८
- तामाकोशी