युरोकप तयारीः जर्मनीको ७–१ को शानदार जित (भिडियोसहित)

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २५ २०७८
  • तामाकोशी

काठमाडौँ । युरोकपको तयारीमा रहेको जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा लात्मियाविरूद्ध शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोलले हराएको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तराष्ट्रिय गोल गरे । युरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो । जर्मनीको जितमा रोविन गोसेन्स, इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री, टिमो वार्नर र लिरो सानेले गोल गर्‍यो । जर्मनीले एक गोल आत्मघाति उपहार पाएको थियो ।



जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसंगै पोर्चुगल र हंगेरी छन् ।