अर्जेन्टिनाले ब्राजिलमा हुने कोपा अमेरिकामा भाग लिने

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २४ २०७८
  • तामाकोशी

काठमाडौं । अर्जेन्टिनाले विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७ औं संस्करणमा भाग लिने भएको छ। अर्जेन्टिनाको फुटबल संघले आइतबार जुन १३ देखि सञ्चालन हुने भनिएको कोपा अमेरिकामा भाग लिने पुष्टि गरेको हो।

यद्यपि,अर्जेन्टिना र चिलीका प्रशिक्षकले ब्राजिलमा कोरोना महामारी उच्च बिन्दुमा रहेको भन्दै प्रतियोगितामा सहभागी हुन नहुने बताएका थिए। ‘हामी जानुपर्छ भने जान्छौं,’ अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भनेका थिए, ‘तर अझै पनि आवासलाई लिएर धेरै अनिश्चितताहरु छन्। इमानदार भएर भन्नुपर्दा हामी चिन्तित छौं, ब्राजिल उपयुक्त ठाउँ होइन।’



उनले ब्राजिलमा कोरोना संक्रमण उच्च भएको र प्रतियोगिताले अझै संक्रमण फैलिने खतरा भएको बताउँदै आएका छन्। यसअघि कोपा अर्जेन्टिना र कोलोम्बियाले सयुक्त रुपमा आयोजना गर्ने जिम्मेवारी पाएको थियो।