रामेछाप । जिल्लाका ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई २०७८ जेठ २५ गते मङ्गलबारदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले सोमबार एक सूचनामा मार्फत मङ्गलबारदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभएको हो । प्रमुख कर्णले जारी गर्नुभएको सूचनामा जेठ २५ र २६ गते रामेछाप नगरपालिकामा, जेठ २६ र २७ गते मन्थली नगरपालिका सहित उमाकुण्ड,गोकुलगंगा, लिखुतामाकोशी, दोरम्बा, सुनापति र खाँडादेवी गाउँपालिकामा कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने छ । ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई आफुनो नजिकैको खोपकेन्द्र(स्वास्थ्य संस्था) गएर खोप लगाउन स्वास्थ्य कार्यालय रामेछापले अनुरोध गरेको छ ।
