राष्ट्रिय युवा संघ नेपाल रामेछापद्धारा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २१ २०७८
  • तामाकोशी

मन्थली । राष्ट्रिय युवा संघ नेपाल रामेछापद्धारा विभिन्न स्वास्थ्य सामग्रीहरु विभिन्न स्वास्थ्यचौकीहरुलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल रामेछापले जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा पिपिइ, मास्क, सेनिटाइजर, भिटामिन-सि लगाएतको स्वास्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गरिएको हो ।

मन्थली नगरपालिका वडा नं. २ शहरी स्वास्थ केन्द्र, कठजोर स्वास्थ चौकी, गाउँघर क्लिनिक माथिल्लो टेकनपुर, मन्थली नगरपालिका वडा नं. ३ शहरी स्वास्थ केन्द्र र लिखु तामाकोसी गाउँपालिका ६ खिम्ती प्राथमिक स्वास्थ केन्द्रमा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं रामेछाप जिल्ला अध्यक्ष गणेश बज्र लामाले जानकारी दिनुभयो ।



उक्त अभियानमा राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य अमित कार्की, सचिवालय सदस्य एवं रामेछाप जिल्ला अध्यक्ष गणेश बज्र लामा, केन्द्रिय सदस्य एवं जिल्ला उपाध्यक्ष सुरेन्द्र बहादुर कार्की ,केन्द्रिय सदस्यहरु गणेश बिक, सोनु रोका, सिताराम लोहार, मोहन कडरिया, अनेरास्ववियु जिल्ला सचीव पुष्कर भट्टराई लगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।