एजेन्सी । युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत शुक्रबार राती हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोको साविक विजेता पोर्चुगलले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ११ः१५ बजे सुरु हुनेछ ।
स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् । स्पेन र पोर्चुगलले हालसम्म ३७ खेलमा एक अर्काको सामना गरेका छन् । स्पेनले १७ खेलमा जित हासिल गर्दा १४ खेल बराबरीमा सकिएको छ । पोर्चुगलले ६ खेलमा जित हासिल गरेको छ ।
पछिल्लो पटक २०२० मा यी दुई टोलीले खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।