रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रामेछापलाई दिएको एन्टिजेन किट नक्कली भनी केही सञ्चारमाध्ययममा समाचार आएपछि किटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले शनिबार पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दे डिसीसीएमसीलाई दिएको सार्स–२ कोभिड एन्टिजेन किट नक्कली भनी केही सन्चारमाध्यममा आएको समाचारप्रती ध्यानाकर्षण भएको जनाउनुभएको छ । सार्स–२ कोभिड एन्टिजेन किट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट २०७७ कार्तिक ८ गते प्रयोगका लागि मान्यता पाएको, एन्टिजेन किटको मान्यता प्राप्त स्वास्थ्य सामाग्री हरु प्रयोग गर्न सकिने भनी २०७८ वैशाख ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन शाखाले स्वीकृत पत्र समेत दिएको भनि अध्यक्ष श्रेष्ठले जारी गर्नुभएको पार्टीको धारणामा उल्लेख गरिएको छ । अध्यक्ष श्रेष्ठले एक पटक प्रयोगका लागि अनुमति प्राप्त भएपनी पटक पटक परिक्षण भई पुन सुचिकृत हुनुपर्नेमा हाल उक्त एन्टिजेन किट नेपाल सरकारको निकायमा सुचिकृत भएको नदेखिएको र सुचिकृतका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रक्रियामा अगाडि बढेको जानकारी छवि ट्रेडर्सले गराएको हुँदा नक्कली एन्टिजेन किट भनेर लगाईएको आरोप राजनितिक पूर्वाग्रहले गरिएको दुस्प्रचार मात्रै भएको पार्टीको धारणा मार्फत भन्नुभएको छ । एन्टिजेन किटका बारेमा बिक्रेता कम्पनि नै जवाफदेही हुनुपर्ने र प्रयोगको अनुमती सँग सम्बन्धित कागजात उपलब्ध गराउने बिक्रेता कम्पनि श्री छवि ट्रेड कन्सर्न, काठमाडौले प्रतिवद्धता जनाएकाले तत्कालै कुनै निर्णयमा पुग्नु वा ठिक÷बेठिक भनीहाल्नु उचित नहुने नेकपा एमाले रामेछापले ठहर गरेको अध्यक्ष श्रेष्ठले जनाउनभएको छ । यसअघि जेठ ११ गते नेता रत्नप्रसाद गौतमको सहयोगमा एमाले रामेछापले ६० थान ठुलो अक्सिजन ,पाँच सय ५५ थान पिपिई सेट , तीन सय थान एन्टिजेन्ट किट , ५० थान अक्सिमिटर ,र दुई सय थान एन–९५ मास्क मङगलबार जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको थियो ।
Antigen -kit सम्बन्धमा एमाले रामेछापको धारणा
# नेकपा एमाले जिल्ला कमिटी रामेछाप मार्फत एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रत्न प्रसाद गौतम ले DCCMC रामेछापका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरिएको Antigen kit लाई लिएर उठेका केही प्रश्नहरुको सन्दर्भमा नेकपा एमाले रामेछाप जिल्ला कमिटिको ध्यानाकर्षण भएको हुँदा जिल्ला पार्टीको धारणा स्पस्ट पार्न चाहान्छौ।
१. नेकपा एमाले रामेछापलाई प्राप्त स्वास्थ्य सामाग्रीहरु पार्टी आफैले सिधै बितरण नगरी DCCMC का संयोजक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला अस्पताल रामेछापका प्रतिनिधि समेतको उपस्तिथिमा हस्तान्तरण गरि जिल्ला प्रशासन बाटै बितरणको समुचित प्रबन्ध मिलाईएको जानकारी गराउदछौ। त्यसै क्रममा SARS-COV-2,Antigen kit को बारेमा प्रमुख जिल्ला अधिकारी ज्युले नेपाल सरकार को सम्बन्धित निकायमा सुचिकृत हो कि हैन भनी चासो ब्यक्त गर्नुभएपछि सो Antigen kit को बिक्रेता श्री छवि ट्रेड कन्सर्न, काठमाडौलाई कागजात उपलब्ध गराउन पार्टीले आग्रह गर्यो । पार्टीको आग्रहपछी उक्त बिक्रेता कम्पनिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला को मिति २०७७/०६/०८ को र गुणस्तर मापन तथा नियमन शाखाको २०७८/०२/१२ को Antigen kit सँग सम्बन्धित २ थान पत्रको प्रतिलिपी उपलब्ध गराएको छ। प्राप्त पत्रहरुको प्रारम्भिक अध्ययन पश्चात् SARS- COV 2 Antigen rapid test kit को बारेमा बिक्रेता कम्पनि नै जवाफदेही हुनुपर्ने र प्रयोगको अनुमती सँग सम्बन्धित कागजात उपलब्ध गराउने उक्त बिक्रेता कम्पनिले जनाएको हुँदा तत्कालै कुनै निर्णयमा पुग्नु वा ठिक / बेठिक भनीहाल्नु उचित हुदैन भन्ने हाम्रो पार्टीको ठहर रहेको छ ।
२.नेकपा(एमाले) रामेछाप जिल्ला पार्टी जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील छ ।उक्त Antigen kit को बारेमा प्रश्न उठेपछि प्रमुख जिल्ला अधिकारिज्युलाई जानकारि गराई तत्काल एमाले नेता रत्न प्रसाद गौतमबाट मान्यता प्राप्त १००० थान Sure Status COVID-10 Antigen card Test kit जिल्ला प्रशासन कार्यलयलाई सहयोग स्वरुप उपलब्ध गराईसकिएको छ । कोरोनाको यश महामारिमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु द्दुविधाग्रस्त मनस्थितिमा प्रयोग गर्नु / हुनु राम्रो हुदैन भन्ने कुरामा हामी प्रष्ट छौ ।तसर्थ नै पहिले बितरण गरिएको Antigen को सट्टामा अर्को Antigen kit उपलब्ध गराईएको हो । साथै हाम्रो पार्टी के कुरामा पनि सचेत छ भने रामेछापवासिलाई देखाउनको लागि प्रचारबाजी गरेर सहयोग गरेको भान पार्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्ने ,त्यसबाट वाहवाही बटुल्ने र हस्तान्तरण गरिएका सामाग्री हरु कोरोना संक्रमित बिरामिको लागि प्रयोग हुनुको सट्टा थन्किएर बस्ने अरुको प्रवृत्तिबाट हाम्रो पार्टी एमाले मुक्त छ । पार्टी बाट हस्तान्तरण गरिएका सबै स्वास्थ्य सामाग्रीहरु तत्काल प्रयोगमा आउनुपर्छ भन्ने मान्यतामा रहेर नै पुरानो Antigen kit को सट्टा नयाँ पठाईएको हो । SARS-2,COVID Antigen kit नक्कली भनी केही सन्चारमाध्यमहरुमा प्राकाशित समाचार प्रती हाम्रो ध्यानाकर्षण भएको छ ।तर ती समाचारहरु सतही र पूरा जानकारी नलिईकन प्रारम्भिक अध्ययन बिना नै प्रकाशित गरेको देखिन्छ ।SARS -2,COVID Antigen kit राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट २०७७ /०७/०८मा प्रयोगका लागि मान्यता पाएको , ,Eu-CE को मान्यता प्राप्त स्वास्थ्य सामाग्री हरु प्रयोग गर्न सकिने भनी २०७८/०१/०६मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन शाखाले स्वीकृत पत्र समेत दिएको तर एक पटक प्रयोगका लागि अनुमति प्राप्त भएपनी पटक पटक परिक्षण भई पुन सुचिकृत हुनुपर्नेमा हाल उक्त Antigen kit नेपाल सरकारको निकायमा सुचिकृत भएको नदेखिएको र सुचिकृतकालागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रक्रियामा अगाडि बढेको जानकारी छवि ट्रेडर्सले गराएको हुँदा नक्कली Antigen kit भनेर लगाईएको आरोप राजनितिक पुर्वग्रहले गरिएको दुस्प्रचार मात्र हो ।
३. SARS -2 , COVID Antigen kit मा नेकपा एमालेको लापरबाही , स्वास्थ्य सँग खेलबाड भनेर आरोप लगाई जुन दुस्प्रचार गरिएको छ , त्यसमा कुनै सत्यता छैन ।त्यो आरोप नेकपा एमाले र पार्टीका जनसंगठनहरुले रामेछापवासिका लागि अनवरत रुपमा जुन सेवा र सहयोग पुर्याईरहेका छन त्यसबाट आत्तिएर राजनितिक पुर्वाग्रहबाट प्रेरित भएर जिल्लाबासिलाई भ्रममा पार्न लगाईएको झुट्ठा लान्छना मात्र हो । एमाले रामेछापले कुनै पनि स्वास्थ्य सामाग्रीहरु सिधै बितरण गरेको छैन ।सबै सामाग्रीहरु जिल्ला प्रशासन कार्यलय मार्फत नै बितरण गरेको छ।जिल्ला प्रशासनले सबै सामाग्रीहरुको चेकजाँच गर्ने र त्यसपश्चताननै बितरण गर्नुपर्छ भन्ने हाम्रो पार्टी ठान्दछ र त्यसलाई हामी स्वागत पनि गर्दछौ ।स्वास्थ्यसम्बन्धी सामाग्रीहरुको गुणस्तरमापन गर्ने जिल्ला पार्टीको अधिकार क्षेत्र भित्र पर्दैन ।नेपाल सरकारबाट अनुमति प्राप्त बिक्रेताबाट खरिद गरिएको सामानको गुणस्तर र कानुनी बैधता/ मान्यतामाथी शंका उठेमा वा नेपाल सरकारमा सुचिकृत भएको नपाईएमा त्यसको सम्पुर्ण जवाफदेही बिक्रेता कम्पनी नै हुनुपर्छ भन्ने तर्फ जिल्ला प्रशासन कार्यलय रामेछापको ध्यानाकर्षण होस भन्ने हामी चाहान्छौ ।
४. COVID-19 को यस महामारिमा नेकपा एमाले जिल्ला कमिटी रामेछाप मार्फत अक्सिजन ग्यास सिलिन्डर , PPE SET, Antigen kit लगायत विविध स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराई रोग संक्रमित बिरामिहरुको उपचारमा सहयोग पुर्याउनु हुने एमाले नेता रत्न प्रसाद गौतम , नेकपा एमाले रामेछाप – काठमाडौ सम्पर्क मन्च, पालिका सम्पर्क मन्चहरु, राष्ट्रिय युवा संघ नेपाल, रामेछाप लगायत सबैलाई जिल्ला पार्टी धन्यवाद ज्ञापन गर्दछ र निरन्तर covid – 19 को सामनाको लागि सहकार्य र सहयोगको अपेक्षा समेत गर्दछौ।
आनन्द कुमार श्रेष्ठ
अध्यक्ष , नेकपा ( एमाले)
जिल्ला कमिटी , रामेछाप
२०७८ ज्येष्ठ १५