रामेछाप । उदयपुरमा कोरोना सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट शुक्रबार एक पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने कुल सङ्ख्या ३१ पुगेको छ । उनीहरु मध्ये २१ पुरुष र १० महिला रहेका छन् । जिल्लामा शुक्रबार ४२ जना महिला र ३६ जना पुरुष गरी ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय दुई जना पुगेको छ । यो सङ्ख्या वैशाख महिनादेखि हालसम्मको हो । अहिले त्रियुगा नगरपालिकामा ४४७ जना, चौदण्डीगढी नगरपालिकामा एक सय जना, कटारी नगपालिकामा ९३ जना, बेलका नगरपालिकामा ७० जना, उदयुरगढी गाउँपालिकामा ३१ जना, रौतामाई गाउँपालिकामा ७० जना, लिम्चुङबुङ गाउँपालिकामा ५१ जना, र ताप्ली गाउँपालिकामा एक जना गरी जम्मा ८६३ जना सक्रीय सङ्क्रमितको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क प्रमुख उमेश लुइटेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म २०८ जना कोरोनामुक्त भइसकेका छन
उदयपुरमा कोरोनाबाट ज्यान गुमाउने सङ्ख्या ३१ पुग्यो
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४ २०७८
- तामाकोशी