कोरोना संक्रमित को घर-घरमा लालीगुरास अस्पताल

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १३ २०७८
  • तामाकोशी

दोलखा, नवीनकुमार खतिवडा । दोलखाको वैतेश्वर गाउँपालिका ६ नाम्दु बुस्ती स्थित लालीगुरास सामुदायिक अस्पताल ले कोरोना संक्रमित का घर-घरमा पुगेर स्वास्थ सामाग्री वितरण तथा मनोसामाजिक परामर्श गर्ने गरेको छ।

अस्पतालका मेनेजिङ डाइरेक्टर सुरेन्द्र तमाङ सहित मेडिकल अधिकृत दिल बहादुर थोकरको टोलिले वैतेश्वर ७ मार्वु र ८ क्षेत्रपाका कोरोना सङ्रक्रमितको घर घरमा गई स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक औषधि, मास्क, सेनिटाईजरका साथै मनोसामाजिक परामर्श दिई बिरामीको मनोबल बढाउने काम समेत गरेको छ। वैतेश्वर ७ मार्वुका वडा अध्यक्ष रेशमराजश्ववराज रिमालले कोरोना माहामारिका बिचमा पनि घर-घरमा गएरघरदैलो मार्फत स्वास्थ्य सेवा उपलब्ध गराएकोमा डा. सुरेन्द्र लगाएत लालीगुरास अस्पताल लाई हार्दिक धन्यवाद दिएका छ्न्। त्यस्तै वैतेश्वर ८ क्षेत्रपाका स्थानीय तक्त जिरेल ले कोरोना संक्रमितको घर घरमा पुगेर अस्पताल ले औषधि,भिटामिन सहित परामर्श दिएको मा प्रसंशा गरेका छ्न्।



यहि २०७८ जेष्ठ १ गतेदेखि संचालनमा आएको यस अस्पतालमा १५ बेड क्षमताको अस्पताल न्युनतम शुल्कमा अत्याधुनिक स्वास्थ उपकरण बाट स्वास्थ सेवा दिने उदेश्य ले लालिगुराश फाउन्डेसन नेपालले संचालनमा ल्याएको फाउन्डेसन का अध्यक्ष महेश पाख्रीन ले जानकारी दिनुभयो। अस्पतालको प्रयोगशालामा रगत,खकार,युरिक एसिड,मुटु मिर्गौला,थाईराइड,दिशापिशाव परिक्षणका साथै परिवार नियोजन संम्बन्धी परामर्श र गर्भवती महिलाहरुको परिक्षण पनि हुने अस्पताल प्रशासन ले जनाएको छ।
अस्पतालमा ५ बर्ष मुनिकाबालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिक लाई ओपिडी सेवा र बेड शुल्कमा सतप्रतिशत छुटको व्यवस्था रहेका अस्पतालका अध्यक्ष महेश पाख्रीन ले जानकारी दिनुभयो।

अस्पताल संचालनमा आएसंगै वैतेश्वर, तामाकोसी,मेलुङ गाउँ पालिका तथा भिमेश्वर नगरपालिका र शैलुङ गाउँ पालिकाका केही वडाका नागरिक लाई प्रत्यक्ष सेवा पुग्ने अस्पताल ले जनाएको छ।