रामेछाप । रामेछापमा बुधबार ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार बुधबार दोरम्बा गाउँपालिकामा ७२ जना र रामेछाप नगरपालिकामा आठ जनामा पीसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै जिल्ला अस्पतालमा चार जना, उमाकुण्ड गाउँपालिकाका ९ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा एक जना,खाँडादेवी गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनामा एन्टिजेन्ट परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार १६ जना पुगेको छ । जिल्लामा बुधबार ९ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४८७ पुगेको छ । बुधबार मन्थली नगरपालिकाबाट तीन जना, रामेछाप नगगरपालिकाबाट पाँचजना र दोरम्बा शैलुङ गाउँपालिकाबाट एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै, रामेछापमा कोरोना सङ्क्रमण भै बीर अस्पतालमा उपचाररत मन्थली नगरपालिका वडा नं ३ की ५० वर्षिया महिलाको ज्यान गएको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणबाट ६ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिुभयो । उहाँका अनुसार जिल्लाबाट अहिलेसम्म ९ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट पठाइएका ३३ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
रामेछापमा आज ९६ जना कारोना सङ्क्रमित थपिए
- प्रकाशित मिति: बुधबार, जेष्ठ १२ २०७८
- तामाकोशी