रामेछाप । उदयपुरमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । मङ्गलबार दुई पुरुष कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने कुल सङ्ख्या २९ पुगेको छ । उनीहरु मध्ये २१ पुरुष र ८ महिला रहेका छन् । यसैबीच, मङ्गलबार २१ जना महिला र २६ जना पुरुष गरी थप ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुइटेलले बताउनुभयो । योसँगै जिल्लामा कुल कोरोना सङक्रमितको सङ्ख्या ८२४ पुगेको छ । अहिले त्रियुगा नगरपालिकामा ३२९ जना, चौदण्डीगढी नगरपालिकामा ८७ जना, कटारी नगपालिकामा ७५ जना, बेलका नगरपालिकामा ६० जना, उदयुरगढी गाउँपालिकामा २६ जना, रौतामाई गाउँपालिकामा २४ जना, लिम्चुङबुङ गाउँपालिकामा ३९ जना, र ताप्ली गाउँपालिकामा एक जना गरी जम्मा ६४१ जना सक्रीय सङ्क्रमितको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म १५४ जना कोरोनामुक्त भएका छन् ।
उदयपुरमा कोरोना सङ्क्रमणबाट आज थप दुई जनाको ज्यान गयो
- प्रकाशित मिति: मंगलबार, जेष्ठ ११ २०७८
- तामाकोशी