दुई दिनमा लिखुतामाकोशी गाउँपालिकाका कुन वडामा कति संक्रमित थप ?

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ११ २०७८
  • तामाकोशी

धोवी, जेष्ठ ११ गते । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार (हिजो) सोमबार ४३ जना सक्रमित पुष्टि भएको थियो भने मंगलबार (आज) ७ जना थप पुष्टि भएको छ । सामेबार (हिजो) ४१ जना पीसिआर परीक्षणबाट र दुई जना एन्टिजेन परिक्षणबाट परिक्षण गरेका कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।



गाउँपालिकामा (आज) मंगलबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये वडा नंम्बर १ का ८ जना, वडा नम्बर २ का सामेबार ३३ र मंगलबार ७ गरेर जम्मा ४० जना र वडा नंं ६ का २ जना रहेका छन् ।