रामेछाप । रामेछापमा मङ्गलबार एकैदिन १५१ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४७८ पुगेको छ । मङ्गलबार मन्थली नगरपालिकाका ६९ जना, दोरम्बा शैलुङ गाउँपालिकाका ४० जना, सुनापति गाउँपालिकाका २४ जना, रामेछाप नगरपालिकाका १४ जना र खाँडादेवी गाउँपालिकाका ४ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै ,जिल्लामा मङ्गलबार ९५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मङ्गलबार रामेछाप नगरपालिकाका ५९ जना, उमाकुण्ड गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका सात जनामा पीसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै जिल्ला अस्पतालमा तीन जना, खाँडादेवी गाउँपालिकाका आठ जना, प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा एन्टिजेन्ट परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या ९२० जना पुगेको छ । उहाँका अनुसार जिल्लामा अहिलेसम्म पाँच जना कोरोना सङ्क्रमितको ज्यान गएको छ भने सात जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट पठाइएका १७३ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
रामेछापमा आज १ सय ५१ जना कोरोनामुक्त,९५ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: मंगलबार, जेष्ठ ११ २०७८
- तामाकोशी