रामेछाप । रामेछापमा सोमबार थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नं. १ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गराइरहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि मन्थली प्रथामिक स्वास्थ्य केन्द्रमा लगेको करिव १० मिनेटमै ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । मृतक पुरुषमा सोमबार मात्रै एन्टिजेन्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै , जिल्लामा सोमबार एकैदिन १८० जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्थली नगरपालिकामा ६९ जना, दोरम्बा गाउँपालिकामा ४५ जना र लिखुतामाकोशी गाउँपालिकामा ४१ जना गरी १५५ जनाको पीसिआ रिपोर्ट पाजेटिभ आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनापति गाउँपालिकाका २१ जना, उमाकुण्ड गाउँपालिका दुई जना र लिखुतामाकोशी गाउँपालिकामा दुई जना गरी २५ जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको छ । योसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ८३२ पुगेको छ । यो सङ्ख्या वैशाखदेखि हालसम्मको हो । अहिले ४९४ जना सक्रीय सङ्क्रमित रहेकोमा संस्थागत आइसोलेसन ३४ जना र ४६० जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थप नौ जना कोरोनामुक्त भएसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या ३२७ पुगेको छ । यसैगरी, कोरोना सङ्क्रमित सात जनालाई रिफर गरिएको स्वास्थ्य कार्यालयको बताएको छ । अब, ३६७ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
रामेछापमा कोरोना सङ्क्रमणबाट थप एकजनाको ज्यान गयो
- प्रकाशित मिति: सोमबार, जेष्ठ १० २०७८
- तामाकोशी