काठमाण्डौ । बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आज आइतबारदेखि नेपालीसहित लगाउने भएको छ । नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो ।
तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् । तर यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ ।
यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दसौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्छ ।