दोलखा । दोलखामा आइतबार ४७ जनाले कोरोनालाई जितेका छन् । सबै भन्दा बढी शैलुङ गाउँपालिकाबाट १५ पुरुष र ११ महिला गरि २६ जना कोरोना मुक्त भएका छन् । जिल्लाको विगु गाउँपालिकाबाट दुई पुरुष, तामाकोशी गाउँपालिकाबाट दुई पुरुष र एक महिला, मेलुङ गाउँपालिकाबाट चार पुरुष र तीन महिला, बैतेश्वर गाउँपालिकाबाट सात पुरुष र दुई महिला गरि आइतबार एकै दिन ४७ जना कोरोना संक्रमण मुक्त भएका हुन् । हालसम्म चरिकोट अस्पतालबाट थप उपचारका लागि रिफर गरिएका १० जना सङ्क्रमित मध्य तीन जना निको भएका छन् भने बाँकी सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।
दोलखामा आज ४७ जना कोरोना सङ्क्रमणमुक्त
- प्रकाशित मिति: आइतबार, जेष्ठ ९ २०७८
- तामाकोशी