रामेछापमा जेठ १९ गतेसम्म निषेधाज्ञा थपियो : खाद्यान्न पसल २ घण्टा मात्रै खुल्ने

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ८ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा जारी निषेधाज्ञा जेठ १९ गते बुधबार मध्यरातिसम्म थपिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ-१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले कोरोना सङ्क्रमण दर बढीरहेको भन्दै अझै दशदिन निषेधाज्ञा थपगर्ने निर्यय गरेको हो । यसअघि घोषणा गरिएको लकडाउन आइतबार राति १२ बजेबाट सकिदै छ । जिल्लामा अब निषेधाज्ञाको समयमा खाद्यन्न लगायत अत्यावश्यक सामाग्री पाइने पसल हरु पनि दैनिक बिहान २ घण्टा मात्र खोल्न पाइनेछ । जिल्लामा कोरोना भाइरस संक्रितको संख्या तीव्र रुपमा पैmलिएपछि जिल्ला स्तरीय कोडिभ-१९ सङ्कट ब्यवस्थापन केन्द्रले आइरबारदेखि खाद्यन्न पसलहरु बिहान ६ः०० बजेदेखि ८ः०० बजेसम्म दुई घण्टामात्र खुलाउने निणर्य गरेको हो । यसअघि खाद्यन्न पसलहरु बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन हुदै आएको थियोे ।