दोलखा । दोलखामा शुक्रबार थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाको अनुसार चरिकोट अस्पतालको पिसिआर ल्याबमा १ सय ९३ जनाको स्वाव परिक्षण गर्दा ८६ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आए सँगै सक्रिय संक्रमितको संख्या ७ सय २१ पुगेको छ । थपिनेहरुमा सबै भन्दा बढि कालिन्चोक गाउँपालिकाका १५ महिला र १० पुरुष गरि २५ जना रहेका छन् । भने वैत्यश्वर गाउँपालिकाका १६ महिला र ८ पुरुष गरि २४ जना, तामाकोशी गाउँपालिकाका ९ पुरुष र ७ महिला गरि १६ जना, भीमेश्वर नगरपालिकाका ५ पुरुष र ५ महिला गरि १० जना, जिरी नगरपालिकाका ५ पुरुष र ५ महिला गरि १० जना, गौरिशंकर गाउँपालिकाका एक पुरुष रहेका छन् । यसैगरि जिल्लाका ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्म चरिकोट अस्पतालबाट कोभिड १९ कोरोना संक्रमणका १० जनालाई रिफर गरिएको छ । अब तामाकोशी गाउँपालिकाका १ सय १९, कालिन्चोक गाउँपालिकाका ४५, गौरिशंकर गाउँपालिकाका ५० र जिरी नगरपालिकाका २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
दोलखामा आज ८६ जना कोराना संक्रमित थपिए, ३७ जना सङ्क्रमणमुक्त
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७ २०७८
- तामाकोशी