रामेछाप । रामेछापमा शुक्रबार थप २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट १६ जना र एन्टिजेन्ट परीक्षणबाट ५ जना गरी २१ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार शुक्रबार पीसिआर विधिबाट कोरोनाको परीक्षण गर्दा १६ जनामा, एन्टिजेन विधिबाट परीक्षण गर्दा जिल्ला अस्पताल रामेछापमा चार जना र दोरम्बा गाउँपालिकामा एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या ५ सय ५८ जना पुगेको छ । शुक्रबार थप ६७ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१२ जना पुगेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ भने छ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट पठाइएका ५६८ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
रामेछापमा आज थप २१ जनामा कोरोना सङ्क्रमण, ६७ जना कोरोनामुक्त
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७ २०७८
- तामाकोशी