शरीरमा अक्सिजनको स्तर कम भएको कसरी थाहा पाउने ?

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ४ २०७८
  • तामाकोशी

काठमाडौं । कोरोनाको दोस्रो लहरले कतिपय मानिसहरुलाई सास फेर्न गाह्रो बनाएकाले अस्पतालमा भर्ना भएर उपचार गर्नु परेका समाचारहरु दिनहुँ सार्वजनिक भैरहेका छन् ।

त्यसरी अधिकांश बिरामीलाई अस्पतालमा भर्ना भएर उपचार गर्नु पर्ने भएपछि अस्पतालहरुमा अक्सिजन नै सकिएर धेरै मानिसहरुले ज्यान समेत गुमाउनु परिरहेको छ । त्यसैले कोरोनाबाट संक्रमित भएकाहरुले बेला–बेलाा आफ्नो अक्सिजनको लेभल परीक्षण गरिरहन पर्छ ।



बिरामीले आफ्नो अक्सिजनको स्तर घटेको संकेत पहिचान गर्नु अति नै आवश्यक छ । यसले हामीलाई उचित समयमा उचित उपचार गर्न सहज हुन्छ । सास फेर्न गाह्रो हुनु एउटा त्यस्तो अवस्था हो, जसमा पिडितलाई आफूले राम्रोसंग सास लिन र फ्याक्न नसकेको महसुस हुन्छ । मेडिकल भाषामा यस्तो स्थितिलाई डिस्पेनिया अथवा सास फुल्नु भनिन्छ ।

यस्तो स्थितिमा पीडितलाई आफ्नो फोक्सोमा पर्याप्त हावा तान्न नसकेको अथवा छाति दुखेको महसुस हुन्छ । जसका कारण उसको छटपटाहट बढ्न थाल्छ ।

कोरोनाकालमा सास फेर्न गाह्रो हुनु खतरनाक
कोरोनाबाट संक्रमित भएपछि शरीरका सम्पूर्ण अंगहरुमा असर पर्छ, तर सबैभन्दा धेरै नोक्सान श्वास–प्रश्वास प्रणाली अर्थात घाँटि अथवा फोक्सोमा पर्छ । यस्तो स्थितिमा यदि सास फेर्न गाह्रो भयो भने भाइरसबाट संक्रमित भइसकेको भन्ने बुझ्नु पर्छ । यदि कोरोनाको चपेटामा आइसक्नु भएको छ भने सास फेर्न गाह्रो भएको हिसाबले तपाईं उच्च जोखिमा परिसक्नु भएको छ । त्यस्तै शुरुदेखि नै विरामी भएका, वृद्धा, मोटोपना, मधुमेहका रोगिहरुलाई यस्तो खतरा धेरै हुन सक्छ ।

हल्का अथवा गम्भीर हुनसक्छ समस्या
कोरोना संक्रमणमा सास सम्बन्धि समस्या हुुनु सामान्य लक्षण भएको छ । यद्यपि यदि विरामी कोरोनाबाट संक्रमित हुनुको साथै निमोनियाबाट पनि ग्रसित भयो भने चिन्ताको विषय बन्छ । यस्तो अवस्थामा बिरामीको प्रारम्भिक चरणमा फोक्सोको प्रतिरोधक क्षमता विस्तारै विस्तारै कम हुन थाल्यो र शरीरका अन्य महत्वपूर्ण अंगहरुले पनि काम गर्न कम गऱ्यो भने विरामीलाई सास फेर्न गाह्रो हुन्छ ।

बोल्दा पनि स्वाँस्वाँ हुन्छ
यदि कुनै वाक्य बोल्दा बीच बीचमा सास फेर्नका लागि रोकिनु पर्छ भने सास सम्बन्धि समस्याको संकेत हुन सक्छ । यदि कुनै व्यक्ति एउटा वाक्य बोलेपछि अथवा दुई तीन वटा बाक्य बाल्दा रोकिन्छ भने यसको अर्थ उसमा सासको समस्या भएको छ भन्ने बुझ्नु पर्छ । यस्तो अवस्थामा विरामीले साससंग सम्बन्धित व्यायाम गर्नाले फाइदा हुन सक्छ । यसको साथै शरीरमा अक्सिजन बढाउनका लागि चिकित्सकीय रुपले स्वीकृत प्रोनिङ विधि पनि अस्थाई राहत पाउनका लागि अपनाउन सकिन्छ ।

मेन्टल कन्फ्यूजन, लो बिपी अथवा छाती दुख्नु
कोरोना बिरामीमा मानिसमा मेन्टल कन्फ्यूजन, लो ब्लड प्रेसर अथवा छाती दुख्ने समस्या हुन सक्छ । यसको साथै शरीरमा अक्सिजनको घट्दो स्तर, छाती दुख्ने, छटपट, भ्रमको स्थिति बन्नु, उच्च ज्वरो अथवा खोकिको समस्या पनि हुन सक्छ । यदि तपाईंमा यस्तो संकेत देखियो भने सचेत भएर डाक्टरसंग सम्पर्क गर्नु पर्छ । कुनै पनि किसिमको समस्यामा मेडिकल हेल्प लिन आवश्यक छ । यदि स्थिति बिग्रिन थाल्यो भने अक्सिजन भएको सवारीसाधन चढेर अस्पताल जानु पर्छ ।

@स्वास्थ्य खबरबाट