रामेछाप । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले रामेछापका सबै स्थानीय सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सम्पर्क मञ्चले जिल्लाका दुई नगपालिका र छ गाउँपालिकालाई दुई/दुई हजार थान मेडिकल मास्क ,१५/१५ लिटर सेनिटाइजर र पाँच/पाँच सेट पीपीई सेट प्रदान गरिएको सम्पर्क पञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठले जानकारी दिनुभयो । विश्वलाई नै अक्रान्त बनाइरहेको कोरोना भाइरस कोभिड-१९ सँग लडिरहेका स्थानीय सरकारलाई सम्पर्क मञ्च पनि सँगै रहेको सन्देश दिन स्वास्थ्य सामाग्री सहयोग गरिएको मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोना भाइरस रोकथामका लागि सिङ्गो राज्य लागि रहेको बेला आफुहरुले पनि खासै ठूलो नभएपनि विपतको बेलामा सहकार्य गर्न सहयोग गरिएको उहाँको भनाई छ । जिल्लामा एक महिनाको अवधिमा४ सय ८५ जनामा कोरोना सङ्क्रमण भएको छ । यसमध्यबाट १२१ जनाले कोरोनालाई जितेर डिस्चार्ज भैसकेका छन् । जिल्लामा अहिलेसम्म दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ भने आठ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ ।
रामेछाप-काठमाडौं सम्पर्क मञ्चद्वारा रामेछापका सवै स्थानीय सरकारलाई स्वास्थ्य सामाग्री सहयोग
- प्रकाशित मिति: मंगलबार, जेष्ठ ४ २०७८
- तामाकोशी