काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना संक्र’मणबाट निध’न भएको छ।
नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेकी उनको आज विहान साढे ४ बजे मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।
उनका अनुसार ४० वर्षीया उपप्रमुख चौधरी ८ महिनाको गर्भवतीसमेत थिइन्। चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।