एजेन्सी । इजरायली हवाई आक्र’मणबाट गाजामा रहेका अलजजिरा र एपीको कार्यालय रहेको भवन ध्व’स्त भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवाई आक्र’मणबाट गाजामा रहेका धेरै भवन भत्किएका छन्।
इजरायलले हमास समूहलाई लक्षित गरेर आक्र’मण गरेको बताएको छ । तर, सञ्चारमाध्यममा आक्र’मण भएको भन्दै संसारभरबाट इजरायलको आलोचना भइरहेको छ। आक्र’मण गर्नुभन्दा एक घण्टाअघि इजरायलले पूर्वसूचना दिएर त्यहाँ रहेका मानिसलाई बाहिरिन भनेको थियो ।
गत सोमबारदेखि गाजा क्षेत्रमा इजरायलद्वारा गरिएको हवाई आक्र’मणमा परी ४० बालबालिकासहित १४० भन्दा बढीको मृ’त्यु भइसकेको छ ।