जिल्ला अस्पताल रामेछापमा एक जना कोरोना सङ्क्रमिको ज्यान गयो

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला अस्पताल रामेछापमा उपचाररत एक जना पुरुष कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सङ्गै जिल्लामै कोरोना सङ्क्रमण भएर ज्यान गुमाउनेको सङ्ख्या दुईजना पुगेको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. १ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो २ः३० बजे ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कणर्ले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरुषलाई वैशाख २८ गते मङ्गलबार जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।