रामेछापमा सञ्चालित सवै कार्यालको अत्यावश्यक बाहेकका सेवा बन्द

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ३१ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा सञ्चालित सरकारी तथा सार्वजनिक संस्थान अन्र्तगतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा शुक्रबारबाट बन्द गरिएको छ । तिब्र रुपमा फैलिरहेको कोराना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर सरकारी तथा सार्वजनिक संस्थानका सवै कार्यालहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । जिल्ला स्तरीय कोभिड-१९ व्यवस्थापन केन्द्र रामेछापका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले एक सूचना मार्फत कार्यालयहरुले सरकारले जारी गरेको कोभिड-१९ सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड पूणर् रुपमा पालना गरी कुनै पनि व्यवधान आउन नदिनेगरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने जनाउनुभएको छ । तिब्र रुपमा फैलिरहेको कोराना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३० गते बिहीबार मध्यराति १२ः०० बजेदेखि जेठ ९ गते मध्यराति १२ः०० बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको छ । यसअघि वैशाख २० गते सोमबार मध्यराति १२ः०० बजेदेखि वैशाख २७ गते मध्यराति १२ः०० बजेसम्म जिल्ला सदरमुकाम मन्थली बजार सहित जिल्लाका विभिन्न बजारक्षेत्रमा निषेधाज्ञा लगाइएको थियो ।