रामेछापमा थप १२ जनामा कोरोना सङ्क्रमण : १३ जना कोरोनामुक्त

  • प्रकाशित मिति: सोमबार, बैशाख २७ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा सोमबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ जना पुगेको छ । सोमबार सुनापति गाउापालिकाका १० जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । सोमबार थपिएका १० जनासहित २०७८ वैशाख ३ गतेपछि जिल्लामा कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या १४१ जना पुगेको छ । यसमध्ये सोमबार सङ्क्रमणमुक्त भएका १३ जनासहित ४२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएका अझै २०७ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना व्यवस्थापन तथा उपचारका लागि जिल्लामा हालसम्म ५२ वेड क्वारेन्टीन र ११६ वेड आइसोलेसन तयारी अवस्थामा रहेको जिल्ला स्तरीय कोभिड-१९ व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ ।